चार वटा प्रदेशसभामा आज पहिलो बैठक बस्दै

चार वटा प्रदेशसभामा आज पहिलो बैठक बस्दै

  • आइतवार, माघ २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

२१ माघ,काठमाडौँ । चार वटा प्रदेशमा आज पहिलो प्रदेशसभा बैठक बस्दैछ ।

प्रदेश नम्बर २, ५, ६ र ७ मा प्रदेशसभाको पहिलो बैठक बस्न लागेको हो ।

प्रदेशसभा सांसद आ–आफ्नो अस्थायी मुकाममा पुगिसकेका छन् भने दलहरुले पनि आवश्यक तयारी गरिसकेका छन् ।

पहिलो बैठकको अघिल्लो दिन बसेको सर्वदलीय बैठकले पहिलो बैठकका एजेण्डाहरु तय गरेको छ भने सभामुख चयनका लागि सहमतिसमेत भएको छ ।

सबै प्रदेशमा आजको बैठक जेष्ठ सदस्यले सञ्चालन गर्ने छन् । सुरुमा प्रदेश प्रमुखबाट अधिवेशन आह्वानसम्वन्धी पत्र पढेर सुनाएलगतै प्रदेशसभाको अन्तरिम कार्यविधि पारित गरिने छ ।

सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि प्रदेशसभाका केही सदस्य मनोनयन पनि पहिलो बैठकले नै गर्नेछ । त्यसपछि सभामा उपस्थित दलका एक–एक जनालाई सम्बोधन गर्न समय दिइने छ ।

प्रदेशसभा नियमावली मस्यौदा समिति गठन पछि पनि प्रदेश संसदमा प्रतिनिधित्व गर्ने दलहरुले आफ्नो दलका नेता चयन गर्न सकेका छैनन् ।

मूख्यमन्त्री बनाउने विषयमा पनि दलहरुले अझै निर्णय गर्न सकेका छैनन् ।

प्रदेश नम्बर २ मा फागुन २ गते सभामुख चयन गर्ने सहमति गरिएको छ । जनकपुरस्थित शैक्षिक तालिम केन्द्रको भवनमा प्रदेशसभाको पहिलो बैठक बस्नेछ ।

प्रदेश नम्बर ५ को प्रदेशसभा अधिवेशन बुटवल उद्योग वाणिज्य संघको हलमा गरिने छ । रुपन्देहीका जेष्ठ सदस्य ७९ बर्षीय बलदेव शर्मा पोखरेलले पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गर्ने छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ दल एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा र राष्ट्रिय जनमोर्चाका एक–एक सदस्यले सम्बोधन गर्ने छन् ।

प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक सुर्खेतको वीरेन्द्रनगरस्थित सिंचाई विकास डिभिजनको हलमा बस्ने छ ।

पहिलो बैठकमा प्रदेशका जेष्ठ सदस्य हिमबहादुर शाहीले सभामुखको जिम्मेवारी निर्वाह गर्ने छन् ।

सभामुखको चुनावका लागि माघ २९ गते मिति तोक्ने गरी एजेण्डा तय गरिएको प्रदेश संसद सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिएका छन् ।

प्रदेश नम्बर ६ मा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपा नेपालको प्रतिनिधित्व छ । यस प्रदेशमा ४० जना सांसद छन् ।

धनगढीमा बस्ने प्रदेश नम्बर ७ को पहिलो प्रदेशसभा बैठक सञ्चालनका लागि तयारी सकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ