अरनिको समाजले यसरी मनायो राजधानीमा चिनिया नयाँबर्ष! ‘एक क्षेत्र एक सडक’ सम्बन्धी वृत्तचित्र प्रस्तुत

अरनिको समाजले यसरी मनायो राजधानीमा चिनिया नयाँबर्ष! ‘एक क्षेत्र एक सडक’ सम्बन्धी वृत्तचित्र प्रस्तुत

  • शनिबार, माघ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

माघ २० ,काठमाडौँ /

चिनिया नयाँबर्ष २०१८ बसन्त उत्सव (छुन्चिएको) को उपलक्षमा अरनिको समाजले शुक्रबार बिशेष कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चीन फिङले सन् २०१३ सेप्टेम्बर ७ मा कजाखस्थानको औपचारिक भ्रमणको अवसरमा सर्वप्रथम प्रस्तुत गरिएको एक क्षेत्र एक मार्ग ९ओबोर० सम्बन्धी चिनियाँ अवधारणा सहितको वृत्तचित्र उक्त कार्येक्रममा प्रदर्शन गरिएको थियो ।
समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठले नेपाल र चीनको सांस्कृतिक सम्बन्ध बलियो पार्ने उदेश्यका साथ अरनिको समाज सेतुको रुपमा रहेको जानकारी दिनु भयो ।

कार्यक्रममा हालै सम्पन्न भएको चिनिया कम्युनिष्ट पार्टीको १९ औंँ महाधिवेशनले पारित गरेका निर्णयको विषयमा समीक्षकहरुले लेख्नुभएको लेखसङ्ग्रह पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले , काग्रेस , माओवाद्यी केन्द्र , नेपाल कम्युनिष्ट पार्टी , नयाँ शक्ति नेपाल , संघिय समाजवादी फोरम लगायतका अधिकाशं राजनितिक दलका नेताहरुको सहभागीता थिए ।

साथै  प्रतिनिधिसभका सांसद, काठमाडौँ ,ललितपुर ,भक्तपुर,बनेपामहानगर पालिकाका मेयर उप-मेयर , लगाएत विभिन्न स्थानका जनप्रतिनिधि, पेशाकर्मी ,समाजसेवीको सहभागिता रहेको थियो ।

कार्यक्रममा बिभिन्न मिडियामा कार्यरत सन्चारकर्मी तथा चीनबाट स्नातकदेखि विद्यावारिधि सम्पन्न गरेर आउनुभएका छात्र तथा छात्रा र अरनिको समाजलाई सहयोग गर्ने स्वास्थ्यकमी लगायतलाई सम्मान गरिएको थियो ।

समाजले चिनिया वर्षको उपलक्ष्यमा यसअघि ललितपुरको खोकना लगायतका स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ