काठमाडौं ,माघ १९ ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागी १२ हजार मतपत्र छापेको जानाएको छ ।
यसअघि नै आठ प्रकारका नमुना मतपत्र सार्वजनिक गरेको आयोगले माघ २४ गते हुन लागेको निर्वाचनमा प्रयोग हुने मतपत्र छपाई कार्य सकिएको जनाएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोगले राष्ट्रियसभा निर्वाचनको तयारी गरिरहेको भन्दै आवश्यक निर्वाचन सामाग्री २१ गते भित्र आयोगले केन्द्रमा पुर्याउने उहाले बताउनु भयो ।
साथै मतदाताहरुलाई मतसंकेत सिकाउने, मतदान केन्द्रको व्यवस्था र सुरक्षा व्यवस्था लागयतका विषयमा आयोगले काम गरिरहेको उहाले बताउनु भयो ।
एक निर्वाचन केन्द्रमा १० जना कर्मचारी खटाईने साथै एक निर्वाचन क्षेत्रमा दुई निर्वाचन केन्द्र रहने भएको छ
प्रत्येक प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा निर्वाचन केन्द्र रहने जनाईएको छ ।
राष्ट्रियसभा निर्वाचनको मत गणनाको लागि आयोगले ५–५ जनाको टिम पठाउने बताएको छ । मतगणनामा सघाउन अरु कर्मचारी पनि पठाउन सक्ने आयोगले जनाएको छ ।
यहि माघ २४ गते हुने निर्वाचनको मतपरिणम ३ दिन भित्र नै सार्वजनीक गरी सक्ने जनाएको छ ।
५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वा्चित गर्नु पर्ने व्यवस्था रहेको छ । २४ जना उम्मेदवार राष्ट्रियसभामा निरविरोध निर्वा्चित भएपछि अब ३२ जना सदस्यहरुको निर्वाचनमा प्रतिस्पर्धा गर्ने आयोगले जनाएको छ ।