माघ १९, काठमाडौँ । दुई दिने नेपाल भ्रमणका क्रममा काठमाण्डौमा रहनुभएकी भारतीय बिदेशमन्त्री शुस्मा स्वराजले आज पनि उच्चस्तरीय राजनितिक भेटवार्ता जारी राख्नुभएको छ ।
उहाँले आज बिहान राष्ट्रपति , प्रधानमन्त्री र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सुरुमा स्वराजले होटल सोल्टीमा माओवादी अध्यक्ष प्रचण्डसँग ब्रेकफास्ट वार्ता गर्नुहुने छ । उहाँहरुबीच बिहान साढे ९ मा भेटवार्ता हुने प्रवत्ता पम्फा भुषलले जानकारी दिनुभयो ।
त्यसलगत्तै स्वराज राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानुहुने छ ।
राष्ट्रपतिसँगको भेटपछि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने र प्रधानमन्त्रीले बालुवाटारमा आयोजना गर्ने दिवाभोजमा सामेल भएर अपराह्न दिल्ली फर्कन कार्यक्रम रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline