बालकृष्णलाई भेटेपछि बाबुरामले भने, क्रान्तिलाई ‘अपराध’ मान्न सकिन ! जनयुद्धको फल खाने तर बालकृष्णलाई बालेर ताप्न सकिन्छ र ?

बालकृष्णलाई भेटेपछि बाबुरामले भने, क्रान्तिलाई ‘अपराध’ मान्न सकिन ! जनयुद्धको फल खाने तर बालकृष्णलाई बालेर ताप्न सकिन्छ र ?

  • बिहिबार, माघ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

१८ माघ,काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जेल जीवन बिताइरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई भेटेका छन् । बिहीबार डिल्लीबजारस्थित सदरखोर कारागार पुगेर भट्टराईले भेटेका हुन् ।

ढुंगेललाई भेटपछि आफूलाई निकै आत्मग्लानी अनुभूति भएको बताएको डा.भट्टराईले फेसबुकमा लेखेका छन् । उनले जनयुद्धलाई अपराध मान्न आफू तयार नभएको बताएका छन् ।

डा. भट्टराईले जनयुद्धरुपी क्रान्तिकारी रुखको फल गणतन्त्र, संघीयता, धर्मनिरेक्षता, समावेसीरसमानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रुखका रुपमा रहेका बालकृष्ण ढुंगेल जस्ता हाँगाहरु बालेर आगो ताप्न नसकिने बताएका छन् ।

यस्तो डा. भट्टराईको स्टाटसः

जनयुद्धका सहयोद्धा तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई आज डिल्लिबजार सदर कारागारमा भेट्दा निकै आत्मग्लानिको अनुभूति भयो । क्रान्तिलाई ‘अपराध’ मान्न मन कत्ति तयार भएन । जनयुद्धरूपी क्रान्तिकारी रूखको फल गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी र समानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रूखका बालकृष्ण ढुंगेलहरू जस्ता हाँगाहरूलाई बालेर आगो ताप्न कसरी सकिन्छ र ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ