प्रदेश ३ को पहिलो अधिवेशन आज: निर्वाचनको मिति घोषणा गरिने

प्रदेश ३ को पहिलो अधिवेशन आज: निर्वाचनको मिति घोषणा गरिने

  • बिहिबार, माघ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, माघ १८ ।
प्रदेश नं ३ को पहिलो प्रदेशसभा अधिवेशन आज अस्थायी राजधानी हेटौंडामा हुँदै छ । अधिवेशन क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा दिउसो १ बजे पछि सुरु हुनेछ ।

पहिलो अधिवेशनमा प्रदेश प्रमुखले संसद अधिवेशनका लागि आह्वान गरेको पत्र पढ्ने, प्रदेशसभा सञ्चालनका लागि अन्तरिम कार्यविधी पारित गर्ने र प्रदेश सभामुख निर्वाचनको मिति घोषणा गरिनेछ ।

अधिवेशनमा प्रदेश प्रमुख अनुराधा कोइरालाको भने उपस्थिति नरहने प्रदेशका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मात्र सहभागी हुने कार्यक्रम छ ।

अधिवेशनमा ३० जना मर्यादापालक रहनेछन् भने अधिवेशन स्थलबाहिर जनपथ र सशस्त्र प्रहरीले सुरक्षा दिनेछन् । प्रदेश ३ मा १ सय १० सांसद रहेका छन् ।

अन्य प्रदेशहरुको पहिलो अधिवेशनको पनि तयारी तिव्र पारिएको छ । प्रदेश नम्बर २ को जनकपुरमा हुने प्रदेश सभाको प्रथम अधिवेशनका लागि आज कार्यसूची तय हुने बताइएको छ ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले माघ २१ गते हुने प्रदेश सभाको पहिलो बैठकका लागि दलसँग परामर्श गर्न आज परामर्श बैठक आह्वान गर्नुभएको हो । बैठकबाट २१ माघमा हुन लागेको प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूचीको विषयमा निर्णय हुनेछ ।

दलहरुको सहमतिमा नै अधिवेशनको कार्यसूची तयार गरिने प्रदेश प्रमुखका स्वकीय सचिव बरुण यादवले बताउनुभयो । बैठकको तयारीका लागि संघीय संसद् सचिवालयले सहसचिव वंशीराज पौडेलको नेतृत्वमा कर्मचारी खटाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ