भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै, आजै ओली र राजपा नेताहरुसँग भेटवार्ता गर्ने

भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै, आजै ओली र राजपा नेताहरुसँग भेटवार्ता गर्ने

  • बिहिबार, माघ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, माघ १८ ।
दुइ दिने उच्चस्तरीय राजनीतिक भ्रमणका लागि भारतीय विदेशमन्त्री शुष्मा स्वराज आज काठमाडौं आउनु हुने भएको छ । स्वराजसँगै भारतीय विदेश सचिव विजयशेखर गोखले, नेपाल मामिला हेर्ने अधिकारी लगायत उच्च अधिकारीहरु पनि नेपाल आउन लागेका हुन् ।

स्वराज अपरान्ह साढे ३ बजे विशेष विमानबाट त्रिभुवन विमानस्थल आइपुग्ने कार्यक्रम छ । काठमाडौं आएलगत्तै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली र राजपाका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ ।

भारतीय विदेश मन्त्री स्वराजले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुई देशको वर्षौंदेखिको सम्बन्ध थप बलियो बनाउन र आपसी हीत प्रवद्र्धन गर्न भ्रमण प्रभावकारी हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले नियमित उच्च राजनीतिक भ्रमण भनेपनि नयाँ सरकार बन्न लागेको सन्दर्भमा भारतीय विदेश मन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा बधाई दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ