एमाले प्राइभेट कम्पनी हो, उसैको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रम मात्रै ः गगन थापा

एमाले प्राइभेट कम्पनी हो, उसैको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रम मात्रै ः गगन थापा

  • बुधबार, माघ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

रुपन्देही, माघ १७ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले एमालेको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रम मात्रै भएको बताउनु भएको छ ।

नेपाली कांग्रेस बुटवल उप–महानगर समितिले आज बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले एमाले प्राइभेट कम्पनी जस्तै भएकाले माओवादी केन्द्र मिसिएर पनि तात्वीक फरक नपर्ने बताउनु भएको हो ।

माक्सवाद , लेनिनवाद र माओवादीका झण्डा खोलेर डमरु बजाउदै एमाले माओवादीहरु कांग्रेस कै बाटोमा आएको उहाँको दाबी छ । कांग्रेसले राजनीति जितेको भए पनि चुनाव हारेको भन्दै पुरानो ढर्रा र सोचबाट पार्टी अगाडी बढ्न नसक्ने बताउनुभयो ।

पार्टीलाई पुर्नजीवन दिन र पाँच वर्षपछि कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा आफूहरु लागेको बताउदै नेता थापाले पुराना नेताहरुले नयाँ युगको नेतृत्व गर्न नसक्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ