जनमत जस्ले पाएको छ उसैले सरकार चलाउछ भन्ने कसैले सिकाउन पर्दैन: सिंह

जनमत जस्ले पाएको छ उसैले सरकार चलाउछ भन्ने कसैले सिकाउन पर्दैन: सिंह

  • मङ्लबार, माघ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ , १६ माघ ।

नेपाली काग्रेसका नेता प्रकाशमान सिहले कांग्रेसले विधि प्रक्रिया पुर्याएर सत्ता हस्तान्तरण गर्ने बताउनु भएको छ ।

बेथानचोक गाउँ पालिका काभ्रे ढुङखर्कमा आज आयोजित पाटनेखोला पुल उदघाटन समारोहमा बोल्दै उहाँले निर्वाचनको सबै प्रक्रिया पुरा गरेर जनमतको समान गर्दै जिम्मेवार प्रतिपक्ष को भुमिका निर्वाह गर्न काग्रेस तयार रहेको बताउनु भयो ।

काग्रेस सरकार टिकाउने खेलमा लागेको आरोप लागिरहेका बेला नेता सिंहले निर्वाचनमा प्राप्त जनमतको आधारमा सरकार सन्चालन हुन्छ भन्नेकुरा आफुहरुलाई सिकाउन नपर्ने पनि तर्क गर्नुभयो ।

कांग्रेसले पनि पटक पटक सता सचालनको जनमत पाएको स्मरण गराउदैँ उहाँले पुरानो पार्टी भएकैले होसियार प्रतिपक्षको भूमिका अब बन्ने नयाँ सरकारसँग देखाउने धारणा राख्नुभयो ।

जनताले हामिलाई पत्याए , जनमत बलियो छ भने घमण्ड नगर्न पनि वाम गठबन्धनलाई उहाँले सुझाव दिनुभयो ।

सबै राजनीतिक दलहरु मिलेर जान सके मात्रै लोकतन्त्र को रक्षा गर्न सकिने भएकाले राजनीतिक दलहरुहरुबीच एक अर्कालाई आरोप लगाएर तिक्तताको वातावरण नबनाउन समेत दलका नेताहरुलाई अपिल गर्नु भयो ।

कांग्रेस काभ्रेका नेता कन्चनचन्द्र बादेले आफुहरु जिल्लाको बिकासका लागि तेरो मेरो नभनि अहोरात्र जुट्ने बताउनु भयो ।

बेथानचोक गाउपालिकाका प्रमुख प्रेम बहादुर सिहले आफुहरु गाउपालिकाको बिकास गर्न लागिपरेकाले सबैको साथ सहयोग हुनुपर्नेमा जोड दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ