सर्वसम्मत् नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने एमालेको निर्णय: कुन प्रदेशमा को मुख्यमन्त्री ?

सर्वसम्मत् नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने एमालेको निर्णय: कुन प्रदेशमा को मुख्यमन्त्री ?

  • मङ्लबार, माघ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, माघ १६ ।
नेकपा एमालेले सर्वसम्मत् हुन नसके चुनावबाट मुख्यमन्त्री चयन गर्ने निर्णय गरेको छ । आज पार्टी मुख्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले मुख्यमन्त्री चयनको जिम्मा प्रदेश संसदीय दललाई दिने निर्णय गरेको हो ।

साथै बैठकले मुख्यमन्त्री छान्न पार्टीको केन्द्रीय तहले दबाव नदिने निर्णय समेत गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो ।

बैठकले प्रदेशसभाको बैठकपछि दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउनेसमेत निर्णय गरेको छ । प्रदेशसभाहरुको पहिलो बैठकले आफ्नो कार्य्विधि तय गरेपछि दलको नेता चयन प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ ।

प्रदेश संसदीय दलको नेता सर्वसम्मत छान्न प्रयास गरिने त्यसो नभए निर्वाचनबाटै टुङ्गो लगाउने पनि निर्णय गरेको गौतमले बताउनु भयो ।

वाम गठबन्धनको भागबन्डाअनुसार प्रदेश नम्बर–१, ३, ४ र ५ मा एमाले प्रदेश संसदीय दलको नेता नै मुख्यमन्त्री बन्नेछन् । तर, ५ नं प्रदेशबाहेक अन्यमा मुख्यमन्त्रीका आकांक्षी धेरै भएपछि स्थायी समिति बैठकले नाम तय गर्न सकेन ।

प्रदेश नं ५ मा यसअघि नै शंकर पोखरेल संसदीय दलको नेता चुनिइसक्नु भएको छ ।

एमालेको भागमा परेको प्रदेश नं १ को मुख्यमन्त्रीमा भीम आचार्य र शेरधन राई, ३ मा अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे र ४ मा पृथ्वीसुब्बा गुरुङ्ग र किरण गुरुङ्गले दाबी प्रस्तुत गर्दै आउनु भएको छ ।

त्यस्तै बैठकले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका मतदाताका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्थानीय तहका प्रमुख र उप्रमुखका साथै प्रदेशसभा सदस्यहरुलाई राष्ट्रियसभा निर्वाचनमा मत खसाल्ने विधिबारे पनि प्रशिक्षण दिने निर्णय भएको नेता गौतमले जानकारी दिनुभयो ।
बैठकले वर्तमान कामचलाउ सरकारले दीर्घकालीन असर पर्ने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै त्यस्ता निर्णयप्रति आगामी सरकार जिम्मेवार नहुने स्पस्ट पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ