सुनसरीमा नेकपाले निकाल्यो मशाल जुलुस , भ्रष्ट र दलालमाथि कार्वाहि गर्ने उद्घोष (भिडियो सहित)

सुनसरीमा नेकपाले निकाल्यो मशाल जुलुस , भ्रष्ट र दलालमाथि कार्वाहि गर्ने उद्घोष (भिडियो सहित)

  • सोमवार, माघ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

इटहरी , १५ माघ ।

नेपाल कम्युनिष्ट पार्टीले दशैभरी सभा तथा जुलुस गरी तीन महिने जनजागरण तथा भण्डाफोर अभियान सुरु गर्दा सुनसरीमा भने मशाल जुलुस निकालिएको छ।

नेकपा सुनसरीको आयोजनामा इटहरी उपमहानगर कमिटीले आज साझ ईटहरी चोकमा मशाल जुलुश निकालेको हो ।
तीन महिने अभियान को आज उद्घाटन को क्रममा मसाल जूलूस पछि इटहरी चोकमा भएको कोणसभा बोल्दै नगर इन्चार्ज सन्तोश विष्टले दलाल तस्कर तथा भ्रष्टहरुको कार्वाहि गर्ने चेतावनी दिनुभयो ।

संसदीय ब्यावस्थाको आडमा भ्रष्टचार ,कालोबजारी , महङगी बढेको भन्दै उहाँले जिल्लामा रहेका दलाल तस्कर तथा भ्रष्टहरुलाई नछाड्ने चेतावनी दिनुभयो ।

भ्रष्टाचार ,तस्करी ,महङगि, कालोबजारी अन्यका लागी यो ब्यावस्थाको अन्त्य नभएसम्म जनताको मुक्ति नहुने उहाँको भनाई थियो ।
नगर सेक्रेटरी बिरता क्षेत्री , युवा अध्यक्ष रोशन ढकाल लगायतले पनि जिल्लाका भ्रष्ट र दलालहरुबिरुद्धको कार्वाहि तिब्र गतिमा अघि बढ्ने बताएका थिए ।

यसैगरी  दुहबी ,बर्जु र बराह मा समेत मसालजुलु निकालिएको सुनसरीका सेक्रेटरी पुष्प कोईरालाले जानकारी दिनुभयो ।
साथै सुनसरी जिल्लामा भित्तेलेखन , संगठन बिस्तार तथा पुनर्रगठन लगायतका कार्यहरु पनि भईरहेको जनाईएको छ ।

 

हेर्नुस भिडियाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ