विगतलाई हेरर हैन अहिलेको आवश्यकताको आधारमा छिमेकीसँग सम्बन्ध राख्नुपर्छ : ओली

विगतलाई हेरर हैन अहिलेको आवश्यकताको आधारमा छिमेकीसँग सम्बन्ध राख्नुपर्छ : ओली

  • सोमवार, माघ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, १५ माघ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग विगतको अभ्यास र मान्यतामा टेकेर सम्बन्ध राख्न नहुनेमा जोड दिनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शको ६७ औँ साधारणसभाबाट निर्वा्चित कार्यसमितिलाई बधाई दिन आज पार्टी कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राख्ने बताउनुभयो ।

कुनै समयमा विश्वमा उपनिवेशको समय रहेको तर आजको विश्व सार्वभौम मुलुकको स्वाधिनताका आधारमा अघि बढिरहेकाले नेपालीले राष्ट्रको स्वाभिमानप्रति गौरव गर्नुपर्ने उल्लेख गर्नुभयो ।

अहिले ठूला मुलुकले सानालाई अन्याय गर्ने समय नभएर संयुक्त राष्ट्रसंघको वडापत्रअनुसार सहअस्तित्वको मान्यताका साथ जानुपर्ने उहाँको भनँई थियो । निर्वाचन सकिएसँग अब नेपाल तीव्र आर्थिक विकासमा अघि बढ्ने भन्दै त्यसका लागी असाधारण स्रोत साधनको भरपूर प्रयोग गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “सार्वजनिक स्वामित्वका उद्योगलाई कमिसनका नाममा बेचेर सखाप पारेर होइन निजी क्षेत्रसँग सहकार्य गरेर नयाँनयाँ उद्योग खोलेर बेरोजगारी र कुशासनको अन्त्य गरेर जनतालाई सेवा दिने गरी आगामी सरकारले काम गर्नेछ ।”

उहाँले कामचलाउ सरकारले संविधान विपरीत र बजेटमा नभएका कार्यक्रमबारे गरेका सच्याउने पुनः दोहो¥याउनुभयो ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले वाम गठबन्धनले बहुमतसहित निर्वाचन जितेर स्थायी सरकार बन्न लागेकामा उद्योगी व्यवसायीले सकारात्मकरुपमा लिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ