माघ मसान्तसम्म आय व्यय विवरण बुझाउन राजनितिक दलहरुलाई आग्रह

माघ मसान्तसम्म आय व्यय विवरण बुझाउन राजनितिक दलहरुलाई आग्रह

  • सोमवार, माघ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ १५ माघ ।
निर्वाचन आयोगले आगामी माघ मसान्तसम्म आय–व्ययको सम्पूर्ण विवरण बुझाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४१ को उपदफा १ मा आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र आय–व्ययको लेखापरीक्षण कानुन बमोजिम इजाजतप्राप्त लेखा परीक्षकबाट गराई एक महिनाभित्र आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ ।

आयोगले आज सूचना जारी गरी आयोगसमक्ष लेखा परीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र प्रतिवेदन सार्वजनिक गर्न समेत सम्बन्धित सबै राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । यस्तै, आयोगले प्रदेश सभा निर्वाचनमा उम्मेदवार र दलले गरेको खर्च विवरण पेश गर्न पनि आग्रह गरेको छ ।

प्रदेश सभातर्फ समानुपातिकको मतपरिणाम समेत आईसकेको अवस्थामा अन्तिम मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण पेश गर्न आयोगले सम्पूर्ण राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ