भोलीबाट नेकपाको देशव्यापि जनजागरण अभियान सुरु हुदै ,शान्तिबाटीकामा दिउँसो २ बजे

भोलीबाट नेकपाको देशव्यापि जनजागरण अभियान सुरु हुदै ,शान्तिबाटीकामा दिउँसो २ बजे

  • आइतवार, माघ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौँ , १४ माघ ।
नेपाल कम्युनिस्ट पार्टीले भोलीदेखि देशव्यापीरुपमा तीन महिने जनजागरण अभियान सुरु गर्दै छ ।

उपत्यका सहित देशभर एकैपटक सुरु हुने अभियानको उद्घाटन भोली दिउसो २ बजे काठमाण्डौको शान्तिवाटिकामा उद्घाटन हुने छ ।

वर्तमान देशको संकट, जनताले व्यहोरेको सास्ती र संसदवादी दलहरुको सत्तामोहलाई जनतासमक्ष ल्याउनका लागि जनताको घरदैलोमा पुग्ने गरि सुरु गर्न लागीएको देशव्यापी जनजागरण तथा भण्डाफोर अभियान मेचीदेखि महाकालीसम्म सञ्चालन हुने नेकपाले जनाएको छ ।

संसदवादी दलहरु सत्ता र सरकारको भागवण्डामा रुमलिरहेको अवस्था र देशको अस्तित्व माथि दिनप्रतिदिन बढ्दै गएको संकट, भ्रष्टाचार, कमिशन, महँगी लगायतका विषय जनतासामु पु¥याएर जनइच्छा र जनादेशमार्फत् अघि बढ्न नेकपाले उक्त अभियान सञ्चालन गर्न लागेको बताइएको छ ।

यस अभियान अन्तर्गत देशैभरिका जनतालाई देशको वर्तमान राजनीतिक अवस्था, संसदवादी दलका कारण निम्तिएका संकट, संविधान कार्यान्वयन र निर्वाचनको नाममा जनताको अधिकार खोसिएकाले उक्त अभियान सञ्चालन गर्न लागिएको नेकपाका प्रवक्ता खडग बहादुर विश्वकर्मा प्रकाण्डले बताउनु भयो ।

प्रवक्ता प्रकाण्डले पछिल्लो समय बढ्दै गएको राष्ट्रघात वैदेशिक हस्तक्षेप, दलालीकरण र दिनप्रतिदिन कष्टकर बन्दै गएको जनजीविकाका विषयमा जनतामा राजनीतिक जागरण पैदा गराउन यो अभियान सञ्चालन गर्न लागेको बताउनु भयो ।

अभियानसँगै पार्टी संगठनलाई सुदृढ गर्ने, विस्तार गर्ने, राष्ट्र र जनताको मुद्दा र जनजीविकाको मुद्दामा केन्द्रित हुँदै जनसंघर्षलाई अघि बढाउनका निम्ति पनि यो अभियान सञ्चालन गर्न लागिएको उहाँको भनाई छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन पछि आफनो पार्टी क्रान्तिकारी बैकल्पीक शक्तिको रूपमा स्थापित भएको बताउनु भएको छ ।

नेकपा उपत्यका ब्यूरोले काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले वैज्ञानिक समाजवाद नै मानवजातिको सर्वोत्कृष्ट व्यवस्था भएको पनि बताउनु भयो ।

उहाँले एमाले माके गठबन्धनले सस्तो लोकप्रियताको लागि चुनावमा भोट माग्दा अघि सारेका शान्ति, समृद्धि र विकासको नारा अलपत्र परिसकेको समेत बताउनुभयो ।

चुनाव जितेर आएको रापको बेला प्रधानमन्त्री शेरवहादुर देउवाले बाम गठबन्धनलाई सरकार गठन गर्न नदिएर पानीमा सुताईदिएको भन्दै फागुनसम्म पनि सरकार गठनको सम्भावना नरहेको दावी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ