काठमाडौ १३ माघ ।
पार्टी एकता र नयाँ सरकार गठनका विषयमा निर्णायक छलफल गर्न बसेको एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको गोप्य बैठक बिना निष्कर्ष टुंगिएको छ ।
ललितपुरको मानभवनस्थित एक घरमा भएको छलफल दुई नेताबिचको ल‘पावर सेयरिङ’मै केन्द्रित भएपनि परिणाम निस्कन नसकेको बताइएको छ ।
स्रोतका अनुसार माओवादीले एमालेलाई प्रधानमन्त्री पद दिन तयार भएको तर ओली फ्याक्टरले माओवादीलाई एकीकृत पार्टीको अध्यक्ष नस्विकार्दा पार्टी एकतामा ढिलाई भएको बताइएको छ ।
यसअघि गत विहिबार एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गरी सरकार गठन र पार्टी एकताको विषय नै फकर–फरक पाटो भएको जिकिर गर्नुभएको थियो । तर, माओवादीले सरकार गठन र पार्टी एकता सँगसँगै जोडिएको विषय भएकाले पार्टी एकतापछि मात्रै सरकार गठनमा जोड दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline