भोलीसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने

भोलीसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने

  • आइतवार, माघ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, माघ १४ ।
निर्वाचन आयागेले आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली प्रकाशन गर्दै छ । त्यसका लागि आयोगले विहान १० बजे देखि १ बजे सम्मको समय निर्धारण गरेको छ ।

यदि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा पनि दिउसो १ बजेदेखि भोली २ बजे सम्मको समयमा निवेदन दिन सक्नेछन् ।

सोहि दिन अपरान्ह ३ बजे आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ भने निर्वाचन चिन्ह पनि सोही दिन नै प्रदान गर्नेछ ।

आगामी २४ गते विहान १० बजे देखि साँझ ५ बजे सम्म राष्टिय सभा निर्वाचनका लागि मतदान हुनेछ । त्यसबाट ५६ जना निर्वाचित हुनेछन् । ५९ सदस्यीय राष्टिय सभा सदस्यमा सरकारको सिफारिस राष्ट्रपतिले तीन जनालाई मनोनित गर्ने व्यवस्था छ ।

निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुरधाम, प्रदेश नं ३ को पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा निर्वाचन केन्द्र तोकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ