भागबण्डा नमिल्दा पार्टी एकता नै अन्योलमा : ओली र प्रचण्डबीच वार्ता हुँदै ,यी हुन् एमाले- माकेका अडान !

भागबण्डा नमिल्दा पार्टी एकता नै अन्योलमा : ओली र प्रचण्डबीच वार्ता हुँदै ,यी हुन् एमाले- माकेका अडान !

  • आइतवार, माघ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं ,१४ माघ ।

सरकार गठन र पार्टी एकता प्रक्रियाकाबारेमा सहमती खोज्न नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज वार्ता हुँदै छ ।

यसअघि पटक पटक भएका दुई अध्यक्षबीचको वार्ता एक अर्कालाई मनाउने प्रयासमा मात्रै सिमित भएका छन् ।

पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ आफ्नै रणनीतिका कारण अहिलेसम्म ठोस सहमती हुन सकेको छैन ।

यसअघि गत शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन।

सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा ओली र प्रचण्डबीच छलफल भएपनि टुंगोमा पुग्न नसकेपछि आज पुनः वार्ता हुन लागेको हो ।

पार्टी एकताभन्दा पहिले सरकार गठन गर्ने ओलीको चाहना तथा सरकार गठन अघि नै पार्टी एकता गरिसक्नुपर्ने प्रचण्डको अडानका कारण सहमती जुट्न नसकेको स्रोतको भनाँई छ ।

सरकार गठन प्रक्रियालाई पहिले सकेर आफू प्रधानमन्त्री हुने र त्यसपछि मात्रै एकता प्रक्रियालाई अगाडि बढाउने योजनामा ओली हुनुहुन्छ ।

तर जनभावनाको कुरा गर्दा सरकार गठनअगाडि नै पार्टी एकता गर्नुपर्छ भन्ने प्रचण्डको जोड छ ।

सरकार गठनअगाडि नै पार्टी एकता प्रक्रिया अगाडि बढाएर एकीकृत पार्टीको नेतृत्व लिने र एमालेले सहअध्यक्षमा अल्मल्याउन खोजे उधारो कारोबार नगर्ने सोचमा प्रचण्ड रहनुभएको छ ।

फागुन पहिलो साता सरकार गठन प्रक्रियाले गति लिने भएपछि माओवादी अध्यक्ष दाहाल त्योभन्दा अगाडि नै पार्टी एकता प्रक्रिया अगाडि बढाएर एकीकृत पार्टीको नेतृत्व लिन खोजिरहेका छन्। ओली प्रधानमन्त्री हुँदा उनले एकीकृत पार्टीको अध्यक्ष आफू हुनुपर्ने तर्क छलफलक्रममा अगाडि सारेका छन्। तर, एमाले दाहाललाई सहअध्यक्षमा मनाउने कोसिसमा लागेको छ।

सरकार गठनअगाडि पार्टी एकता नभए पहिलो चरणमा सरकारमा सहभागी नभई बाहिरै बसेर ओली नेतृत्वको सरकारलाई सहयोग गरेर जाने कि भन्ने विकल्पमा पनि माओवादीभित्र छलफल चलेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ