काठमाडौ १३ माघ ।
आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागी मनोनय दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि निर्वाचन आयोगले आज छानविन गर्दै छ ।
दुई दिन सम्म उमेदवारमाथिको दावी विरोधमा उजुरी दिन समय छुट्याएको आयोगले आज बिहान १० बजेदेखि साझ ५ बजेसम्म प्राप्त उजुरीमाथि छानविन गरि निर्णय गर्ने छ ।
उम्मेदवार बिरुद्ध परेका उजुरीको सम्बिन्धित प्रदेशमा तोकिएको मुख्य निर्वाचन कार्यलयबाट नै छानबिन गरि किनारा लगाउदै आयोग प्रवत्ता नवराज ढकालले जानकारी दिनुभयो ।
हालसम्म एउटा मात्रै उजुरी परेको जनाईएको छ । जसमा अपाङग कोटाबाट एमालेका तर्फबाट उम्मेदवारी मनोनयन गरेका स्याङजाका रामबहादुर थापा बिरुद्ध सोहि कोटाबाट उम्मेदवार बनेका तनहुका प्रकाश पन्तले उजुरी दिएका छन् । काग्रेसबाट उम्मेदवारी दिएका पन्तले थापाको अपाङगता परिचयपत्र पुरानो भएकले मान्यता दिन नहुने भन्दै उजुरी दिएका छन् ।
राष्टिय सभाको ५६ सिटका लागि हुने निर्वाचनका लागि ८३ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये १७ जना भने निर्विवरोध हुने देखिएको छ । निर्विवरोध चयन भएका उमेदवारमाथि कुनै उजुरी नपरे आयोगले निर्वाचन अगावै विजयी घोषणा गर्नेछ ।
मनोनयन भएका उम्मेदवारको नामावली आइतबार बिहान प्रकाशन गर्ने आयोगको कार्यतालिका रहेको छ । उम्मेदवारी फिर्ता लिन चाहेमा सोमबार २ बजे सम्म निवेदन दिन सक्ने आयोगले जनाएको छ ।
सोमबार अपरान्ह ३ बजे आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ भने सोही दिन निर्वाचन चिन्ह समेत प्रदान गर्नेछ । आगामी माघ २४ गते विहान १० बजे देखि साँझ ५ बजे सम्म राष्टिय सभा सदस्य चयनका लागि मतादन हुनेछ ।