काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य नेता राजेन्द्र महत्तोले भारतीय सन्चार माध्यममा विवादास्पद अभिब्यक्ति दिएका छन् ।
उनले भारत बिना नेपाललाई सास फेर्न पनि मुस्किल छ भनेर भारतीय मिडियामा अभिब्याक्ति दिएका हुन् ।
सोहि अभिब्यात्तिका कारण उनी अहिले विवादमा तानिएका छन् ।
नेता महत्तोको अभिव्यक्तिलाई भारतीय मिडियाले पनि प्राथमकिता दिएको छ । ‘भारतके बिना नेपालका सांस फेर्न लेना भी मुस्किल ‘ भनेर ती मिडियाहरूले हेडलाइन बनाएका छन् ।
भारतले सीमा अतिक्रमण गरिरहदा चुपलागेर बस्ने मधेशवादी नेताहरूका यी र यस्तै पटक पटकका विवादित अभिव्यक्तिलाई राजनैतिक वृतमा चाँसोका साथ हेरिएको छ । यो अभिव्यक्तिले महत्तोको राष्ट्रवाद उदांगिएको प्रष्ट छ ।
नेता महत्तोको अभिब्यात्तिप्रति चर्को आलोचना पनि सुरु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
