एमाले, काँग्रेस र माअाेवादीले राष्ट्रियसभा निर्वाचनमा खाता खोले, कसको कति सिट ?

एमाले, काँग्रेस र माअाेवादीले राष्ट्रियसभा निर्वाचनमा खाता खोले, कसको कति सिट ?

  • बुधबार, माघ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

१० माघ,डोटी । राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र तीनै पार्टीले खाता खोलेका छन् ।प्रदेश नं. ७ बाट तीनै पार्टीले खाता खोलेका छन् । एमाले तीन, काँग्रेसले दुई र माओवादी केन्द्रका एक जना विजयी भएका छन् ।

वाम गठबन्धनको तर्फबाट चार र नेपाली कांग्रेसको तर्फबाट दुई गरी ६ जना निर्विरोध भएका हुन ।

बुधवार भएको उम्मेदवारी मनोनयनको क्रममा खुला र महिलातर्फ आवश्यक सदस्य संख्यामा मात्रै उम्मेदवारी परेपछि तीन महिला र खुला सदस्यहरु निर्विरोध हुने भएकोले उनीहरु निर्विरोध भएका हुन् ।

निर्विरोध हुनेहरुमा खुलातर्फ एमाले अछामका अध्यक्ष एवं पूर्व सभासद् शेरबहादुर कुँवर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे र नेकपा माओवादी कैलाली जिल्ला इन्चार्ज हरिराम चौधरी ‘उत्सव’ रहेका छन् ।

यस्तै महिलातर्फ एमाले केन्द्रीय सहरी बिकास बिभाग सदस्य ईन्दु कडरिया, कैलाली जिल्ला कमिटी सदस्य कमला वली र नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व शिक्षिका तारादेवी भट्ट रहेका छन ।

निर्वाचन अधिकृतको कार्यालयले घोषणा भने गरिसकेको छैन । तर, आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेका कारण महिला र खुला सदस्यका लागि निर्वाचन नहुने भएको छ ।

प्रदेश नम्बर सातबाट निर्विरोध हुँदा पनि काँग्रेस दोस्रो स्थानमा रहेको छ । यस्तै अवस्था रहे राष्ट्रिय सभामा पनि काँग्रेस दोस्रो नै हुने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ