काठमाडौँ ,माघ ९ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले तीन वटा प्रदेशका लागि १३ जना राष्ट्रिय सभाका उम्मेदवार उठाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उहाको बालकोटस्थित निवासमा सोमबार राति बसेको स्थायी कमिटीको बैठकले प्रदेश नम्बर ५, ६ र ७ का लागि राष्ट्रिय सभाका उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।
एमाले–माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभा निर्वाचन सम्बन्धी बुझाएको प्रतिवेदन बैठकले अनुमोदन गरेको छ । प्रतिवेदन अनुसार वाम गठबन्धनका तर्फबाट राष्ट्रिय सभा निर्वाचनमा एमाले २९ र माओवादीले १४ गरी ४३ जना उम्मेदवार उठाउने छ । तर एमालेले सोमबार आफ्नो भागमा परेका २९ मध्ये १३ जनाको नाम मात्र टुङ्गो लगाउन सक्यो ।
हरेक प्रदेशबाट एक जना दलित र एक जना अपाङ्गता भएको वा अल्पसंख्यक व्यक्ति तथा तीन जना महिला र तीन खुला सदस्य गरी आठ जना निर्वा्चित हुने प्रावधान संविधानमा छ ।
एमाले प्रदेश नं ७ बाट. कमला ओली ,. इन्दु कडेरिया बिष्ट शेरबहादुर कुँवर . चक्रप्रसाद स्नेही त्यस्तै प्रदेश नं ६ मा कविता बोगटी ,. नन्दा शर्मा ,. नरपति लोहार , भैरवसुन्दर श्रेष्ठ . ठगेन्द्र पुरी लाई चयन गरेको छ ।
यस्तै प्रदेश नं ५ मा . रामलखन हरिजन . खिमलाल भट्टराई . मीना बुढा ,. कोमल वली को नाम सिफारीस गरेको छ ।
राष्ट्रिय सभामा प्रदेश सभाका सांसद र स्थानीय तहका निर्वा्चित गाउँपालिकाका अध्यक्षरउपाध्यक्ष र नगरपालिकाका मेयर उपमेयरले मतदान गर्नेछन् । प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहको मतभार १८ रहेको छ ।
राष्ट्रिय सभाका लागि माघ २४ गते मतदान हुँदैछ भने माघ १० गते उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्ने तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।