काठमाडौं ,९ माघ।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा पठाउने १३ जना उम्मेदवारको नाम छनौट गरेको छ ।
माओवादी शीर्ष नेताहरुको आज बसेको बैठकले रामबहादुर थापा , दीननाथ शर्मा लगायतका १३ उम्मेदवार चयन गरेको हो ।
बैठकले प्रदेश १ बाट महिला सदस्यमा विना पोख्रलले तथा प्रदेश २ बाट शशीकला दाहाल लाई चयन गरेको छ । भने प्रदेश ३ मा खुल्ला सदस्यबाट रामबहादुर थापा बादल, र महिला सदस्यमा गंगा पराजुलीको नाम छनौट भएको छ ।
यस्तै प्रदेश ४ मा खुल्ला सदस्यमा दीननाथ शर्मा, दलित सदस्यमा खिमकुमार विक , प्रदेश ५ बाट अल्पसंख्यक तथा अपाङ्ग सदस्यमा राजकुमार कुँवर, खुला सदस्यमा चन्द्रबहादुर खड्कालाई चयन गरेको छ ।
त्यस्तै प्रदेश ६ बाट अल्पसंख्यक तथा अपाङ्ग सदस्यमा, जीवन बुढा महिला सदस्यमा युटुल लामा, खुला सदस्यबाट कालीबहादुर मल्ल तथा प्रदेश ७ लालीराम लोहारलाई दलित सदस्यमा र हरिराम चौधरी, खुला सदस्यमा छानिएको माओवादीले जनाएको छ ।