पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई दिनसम्म चलेको बैठकमा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयनबारे छलफल भएको थियो । त्यस्तै, प्रदेश सरकार गठन र केन्द्रदेखि प्रदेशसभार्मा एमाले र माओवादी सिट बाँडफाँड, उम्मेदवार छनोटलगायतका विषमा विस्तृत रुपमा छलफल भएको नेताहरुले बताएका छन् ।
बैठकले एमाले र माओवादी केन्द्रबीचको सहमति अनुसार राष्ट्रियसभा सदस्यका लागि भाग परेको १४ सिटमा उम्मेदवार छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।
बैठकमा प्रचण्डले राखेको प्रस्तावले बादललाई खुशी बनाएको थियो भने श्रेष्ठले प्रस्ताव अस्वीकार गरेका छन् । जनताले पराजित गरिसकेपछि आफू फेरि उम्मेदवार नबन्ने श्रेष्ठले बैठकमा बताएको एक नेताले बताए । प्रतिनिधि सभा निर्वाचनमा छुटेका नेता बादललाई भने प्रचण्डको प्रस्तावले राहत मिलेको छ ।
मंगलबार बस्ने प्रचण्ड, वरिष्ठ नेता श्रेष्ठ र बादलले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाउने बताइको छ ।