राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छान्न दलहरू ब्यस्त, बुधबार उम्मेदवारी दर्ता हुँदै

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छान्न दलहरू ब्यस्त, बुधबार उम्मेदवारी दर्ता हुँदै

  • मङ्लबार, माघ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, माघ ९ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता गर्दै छ ।

उम्मेदवारी दर्ता गर्ने समय नजिकिँदै गर्दा दलहरु उम्मेदवार चयनमा व्यस्त भएका छन् ।

नेकपा एमालेले तीन वटा प्रदेशका उम्मेदवार टुंग्याएको छ भने नेपाली कांग्रस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले आज उम्मेदवारको टुंगो लगाउने तयारी गरिरहेका छन् ।

वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले आ–आफ्नो दलले पाउने सिट संख्या भागवण्डा गरिसकेका छन् ।

तालमेलकै तयारीमा रहेका कांग्रेस र मधेसवादी दलहरुले भने खाका तय गर्न सकेका छैनन् ।

यसैबीच माओवादी केन्द्रले नेता रामबहादुर थापालाई राष्ट्रियसभामा पठाउने तयारी गरेको छ ।

वाम गठबन्धनको भागवण्डामा माओवादीले १४ सिट पाएको छ, जसमध्ये प्रदेश ३ को खुलातर्फ एक सिट उसको भागमा परेको छ ।

त्यही सिटमा थापालाई पठाउने तयारी भइरहेको बताइएको छ ।

अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रियसभामा जान पार्टी नेतृत्वले प्रस्ताव गरे पनि उनले अस्विकार गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ