राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा शीर्ष नेतृत्वलाई

राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा शीर्ष नेतृत्वलाई

  • सोमवार, माघ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

 

काठमाडौँ, ८ माघ  ।

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छनोटका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको प्रदेश इञ्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष दाहाल तथा नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मंगलबार उम्मेदवार छनोट गर्ने जिम्मा पाएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । नेकपा(एमाले)सँग संयुक्त रुपमा निर्वाचनमा जाने भएकाले माओवादी केन्द्रले १४ उम्मेदवार मात्र उठाउने भएको छ ।

प्रदेश इञ्चार्जलाई एक उम्मेदवार छनोट गर्न तीन तीन जनाको दरले सिफारिश गर्न दिइएको निर्देशनअनुसार आज सम्भाव्य उम्मेदवारको नाम प्राप्त भएको जानकारी दिँदै भुसालले मंगलबार उम्मेदवारको टुंगो लाग्ने बताउनुभयो ।

एमालेबाट २९ र माओवादी केन्द्रबाट १४ जना राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाइने सहमति दुईदलीय कार्यदलले गरेको छ । सोही आधारमा सबै वर्ग र क्षेत्र मिलाएर उम्मेदवार छनोट गरिने भुसालको भनाइ छ ।

पार्टीमा लामो समयदेखि योगदान गरेका, अवसर नपाएका, शहीद र बेपत्ता परिवारलाई पहिलो प्राथमिकतामा राखिने माओवादी केन्द्रले जनाएको छ । राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोटका लागि एमालेको पनि स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठकले आजै उम्मेदवारको अन्तिम टुंगो लगाउने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ