पौडेल पक्षधर कांग्रेस जिल्ला सभापतिको भेला सम्पन्न , यस्तो छ तीन निर्णय

पौडेल पक्षधर कांग्रेस जिल्ला सभापतिको भेला सम्पन्न , यस्तो छ तीन निर्णय

  • सोमवार, माघ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं,८ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेलाले महासमिति बैठक तत्काल बोलाउन माग गरेको छ ।

खोटाङको हलेसीमा आज सम्पन्न भेलाले महासमिति बैठक र सभापतिहरुको राष्ट्रिय भेला तत्काल बोलाउन नेतृत्वसमक्ष माग गर्ने निर्णय गरेको सिन्धुपाल्चोकका कांग्रेस सभापति विकास लामाले जानकारी दिनुभयो ।

विधानअनुसार पार्टी चलाउनका लागि पनि राष्ट्रिय भेला र महासमिति बैठक आवश्यक रहेको भेलाको निश्कर्ष छ ।

भेलामा सिँचाइमन्त्री सञ्जय गौतम, सिँचाइ राज्यमन्त्री अमरसिंह पुन, नुवाकोटका जगदीश्वरनरसिंह केसी, भक्तपुरका दुर्लभ थापा, सिन्धुपाल्चोकका कांग्रेस सभापति लामालगायत ३५ जिल्लाका पार्टी सभापति सहभागी थिए।

भेलामा सहभागी सभापतिहरुले भूकम्पपीडितलाई सरकारले वेवास्ता गरेको भन्दै राहत बढाउनसमेत माग गरेको छ।

यसअघि पौडेल पक्षका जिल्ला सभापतिहरुले सिन्धुपाल्चोकको मेलम्चीमा गोप्य भेला राखेका थिए। त्यही भेलाबाट हलेसीको बैठक तय भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ