सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय, यस्तो छ निर्वाचन तयारी

सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय, यस्तो छ निर्वाचन तयारी

  • सोमवार, माघ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, ८ माघ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण, मर्या्दित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगमा आज बसेको बैठकले निर्वाचनका लागि सुरक्षा निकायले सुरक्षा रणनीति तथा कार्यनीति निर्माण गरी अघि बढ्ने निष्कर्ष निकालेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनमा चुस्त, प्रभावकारी र परिणाममूलक सुरक्षा प्रबन्ध मिलाउन र समन्वयका साथ कार्य गर्ने निर्देशन दिनुभयो ।

गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मन्त्रालयले तयार पारेको सुरक्षा कार्ययोजनाबारे बैठकलाई गराउनुभएको थियो ।

बैठकमा निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद केसी, तीन वटै सुरक्षा निकायका प्रतिनिधि , राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी तथा रक्षा तथा गृह मन्त्रालय र निर्वाचन आयोगका उच्च तहका अधिकारीको सहभागिता थियो ।

यसैबीच , आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम अन्तरगत निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

नामावलीमाथि परेका दाबी बिरोध तथा उजुरीमाथि छानबिन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

छानबिन सकेर आजै साँझ मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भएको आयोगका प्रवत्ता नवराज ढकालले जानकारी दिनुभएको छ । राष्ट्रिय सभा निर्वाचनका लागी स्थानीय तहका १ हजार ५ सय ६ र ५ सय ५० प्रदेश सभा सदस्य गरी कुल २ हजार ५६ मतदाता रहनेछन् । निर्वाचन कार्यक्रम अनुसार बुधवार उमेद्वारले मनोनयन दर्ता गराउने छन् ।

यस्त्ै आयोगले आजदेखि सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आज आयोगमा आयोजित ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षण दिन सुरु गरेको छ ।

उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँले निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्दे्शिका तयार भएको जानकारी दिनुभयो । उक्त प्रशिक्षमा सातै वटा प्रदेशका १५ जना प्राविधिकको सहभागिता रहेको छ ।
आयोगले आगामी राष्ट्रिसभा निर्वाचनको तयारी, मतभार, मतगणना विधि र प्रक्रियाका बारेमा राजनीतिक दलका प्रतिनिधिलाई भोलि प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ