शंकर पोखरेललाई पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको बाटो खुल्यो, उपमहासचिव पौडेलले दिए पहिलाे बधाइ !

शंकर पोखरेललाई पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको बाटो खुल्यो, उपमहासचिव पौडेलले दिए पहिलाे बधाइ !

  • आइतवार, माघ ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

बुटवल, ७ माघ ।

एमाले नेता तथा सांसद शंकर पोखरेललाई पाँच नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। एमाले प्रदेश सभा संसदीय दलको बैठकले दाङ—२ प्रदेश—१ का सांसद पोखरेललाई संसदीय दलको नेता चयन गरेसँगै मुख्यमन्त्री बन्ने बाटो खुलेको हाे ।

एमालेमा प्रभावशाली नेताकाे रूपमा गनिने पूर्वसञ्चारमन्त्री रहेका एमाले स्थायी समिति सदस्य पोखरेललाइ मुख्यमन्त्री बनाउनेबारे यसअघि नै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएको थियो । दुई नेताबीच भएको सहमति अघि बढाउन एमाले पाँच नम्बर प्रदेश संसदीय दलले सर्वसम्मत दलको नेता चयन गरेकाे हाे ।

सपथपछि एमाले पाँच नम्बरप्रदेशको मुख्यालय बुटवल सुख्खानगरमा बसेको संसदीय दलको बैठकमा पोखरेललाई दलको नेता चुनिएको हो । बैठकको अध्यक्षता जेष्ठ सदस्य गुल्मी—१ प्रदेश २ का कमलराज श्रेष्ठले गरेका थिए।

पोखरेललाई संसदीय दलको नेता चयन गरियोस भन्ने प्रस्ताव सांसद बैजनाथ चौधरीले राखेका थिए। उनको प्रस्तावमाथि सांसद लिला गिरीले समर्थन गरेका थिए । त्यसपछि बैठकमा सहभागी सबै सांसदले ताली बजाएर सर्वसम्मत पोखरेललाई संसदीय दलको नेता चुनेका हुन् । पाँच नम्बर प्रदेशमा कुल ८७ सांसद मध्ये एमालेका ४१ सांसद छन्।

संसदीय दलको नेता चुनिएपछि बोल्दै नेता पोखरेलले सबै मिलेर पाँच नम्बर प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउने बताए । एमाले पाँच नम्बर प्रदेशका पार्टी प्रमुख एंव उपमहासचिव विष्णु पौडेलले संसदीय दलको नेता चयन भएकोमा पोखरेललाई बधाई दिदैँ भने ‘उहाँ अब यो प्रदेशको मुख्यमन्त्री हो, प्रदेशले योग्य र कुशल नेता पाएको छ ।

संसदीय दलको नेता चयन भएपछि पोखरेलले सांसद भुमिश्वर ढकाललाई सचेतकमा नियुक्त गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ