आन्दोलनले प्रदेश राजधानी परिवर्तन हुदैन : विश्वकर्मा

आन्दोलनले प्रदेश राजधानी परिवर्तन हुदैन : विश्वकर्मा

  • शनिबार, माघ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौ ,६ माघ ।
वाणिज्य तथा आपूर्तिमन्त्री मिनबहादुर विश्वकर्माले आन्दोलन गरेकै आधारमा अस्थायी राजधानी परिवर्तन नहुने बताउनु भएको छ ।

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारले अस्थायी राजधानी तोकिसकेकाले विभिन्न ठाउमा आन्दोलन फिर्ता लिन आग्रह गर्नुभयो ।

सरकारले हाल प्रदेशसभा सञ्चालनका लागि अस्थायी राजधानी मात्रै तोकेको भन्दै उहाँले औचित्यहिन र टुङगोमा पुग्न नसकिने आन्दोलन फिर्ता लिन आन्दालेनकारीलाई आग्रह गर्नुभयो ।

काग्रेसलाई जनताले प्रतिपक्षमा बस्न जनादेश दिएको बताउदै मन्त्री विश्वकर्माले काग्रेसले देशको विकास र सम्बृदिका लागि सशक्त र रचनात्मक ढङगले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनु भयो ।

धनगढीको गौरीफन्टा र कञ्चनपुरको महाकाली नाका सञ्चालनमा ल्याउन सके सात नम्बर प्रदेश आर्थिक सम्बृदिको बाटोमा अघि बढने भन्दै ति नाकाहरु स्तरोन्नती गरी सञ्चालनमा ल्याउन सरकार र आफू लगि परेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ