वीरगञ्जलाई राजधानी बनाउन असहयोग गर्नेलाई प्रवेश निषेध

वीरगञ्जलाई राजधानी बनाउन असहयोग गर्नेलाई प्रवेश निषेध

  • शनिबार, माघ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

वीरगञ्ज ६ माघ ।
प्रदेश नं २ को राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्जमा प्रवेश निषेध गरिने भएको छ । वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउनुपर्ने माग राखेर आन्दोलन गर्दै आएको संघर्ष समितिको आज बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

माघ ७ गते हुने वीरगञ्ज महानगरपालिकाको पहिलो नगर सभा उद्घाटनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आउने पूर्व निर्धा्रित कार्यक्रमलाई लक्षित गरेर संघर्ष समितिले यस्तो निर्णय गरेको हो ।

माघ ३ गते जनकपुरलाई अस्थायी राजधानी तोकेर वीरगञ्जप्रति कुठाराघात गरेको संघर्ष समितिको ठहर छ । बैठकले आन्दोलनलाई थप प्रभावकारी बनाउनका लागि गाउँ गाउँमा अभियान परिचालन गर्ने निर्णय समेत गरेको छ ।

संघर्ष समितिका सहसंयोजक एवं पूर्वसभासद राजकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्जमा प्रवेश निषेध गर्ने निर्णय गरेको कांग्रेसका युवा नेता अरविन्द गुप्ताले जानकारी दिनु भउको छ ।
त्यस्तै बैठकले आन्दोलनलाई सशक्त बनाउन माघ ८ गते सोमबार घण्टाघर स्थित अनशल स्थलमै सर्वपक्षीय अन्तरक्रिया र माघ १३ गते शनिबार आमसभा गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ