पार्टी एकतापछि अाेली र दाहाल दुवै अध्यक्ष !

पार्टी एकतापछि अाेली र दाहाल दुवै अध्यक्ष !

  • शनिबार, माघ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौं, माघ ६ । एमाले–माओवादीबीच चार महिना यताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरुले दाबी गरेका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका बनाएको उच्च स्रोतले जानकारी दिएको छ ।

एकताबारे ‘विभिन्न आशंका र षणयन्त्रलाई चिरेर’ छोटो र छिटो विधीबाट पार्टी एकता टुंगोमा पुर्‍याउने समझदारी दुई शीर्ष नेताबीच भएको दाबी गरिएको छ ।

यद्यपी, ओली र दाहालबीच पार्टी एकता कसरी गर्ने भन्नेबारे अझैपनि विभिन्न मोडेलमा छलफल बिचाराधीन छ ।

एकता प्रक्रिया अब छिट्टै निर्णायक तहमा पुग्नेमा आशंका नरहे पनि कुन मोडालिटी अपनाउनेबारे उनीहरुले खुलाउन चाहेनन् ।

उच्च स्रोतका अनुसार ओली र दाहाल दुबै अध्यक्ष रहने, एमालेका पदाधिकारीलाई यथावत राखेर माओवादी केन्द्रबाट केही पदाधिकारी थपेर अघि बढ्ने विषयमा नेताहरु सहमति नजिक छन् ।

तर, माओवादी केन्द्रका केही नेताहरु भने प्रधानमन्त्री ओली, पार्टीको सबै नेतृत्व लिनेगरी दाहाललाई पार्टी अध्यक्ष बनाउनु पर्ने दबाब दिइरहेका छन् ।
-अन्नपुर्णपोष्ट दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ