काठमाडौं, माघ ५ ।
उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।
केपी ओली निवास बालकोटमा भएको भेटवार्तामा उपराष्ट्रपति पुनले नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्कनुभएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।
करिब आधा घण्टा भएको भेटमा समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline