धनकुटामा दोस्रो दिन पनि कर्फ्यु जारी

धनकुटामा दोस्रो दिन पनि कर्फ्यु जारी

  • शुक्रबार, माघ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

धनकुटा, माघ ५ । अान्दाेलनले चर्किएपछि धनकुटामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आज दोस्रो दिन पनि जारी छ ।

प्रदेश नं १ को मुकाम धनकुटा नतोकिएको विरोधमा थालिएको आन्दोलनले उग्ररुप लिएपछि बिहीबारदेखि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । आन्दोलनकारीले केही सरकारी कार्यालयसहित प्रहरीको गाडी, दमकल र एम्बुलेन्ससमेत तोडफोड गरेपछि कर्फ्यु लगाउनु परेको स्थानीय प्रशासनको भनाइ छ ।

प्रहरी र आन्दोलनकारीबीच झडप बढेपछि लगाइएको कर्फ्यु निरन्तर गरिएको हो । स्थिति सामान्य नभएकाले कर्फ्यु नहटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए ।

सामूहिक रुपमा भेला हुन नपाए पनि व्यक्तिले आफ्नो काम गर्न कुनै असर नपर्ने जनाइएको छ । लगातारको बन्द र कर्फ्युले जनजीवन भने असामान्य बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ