प्रदेश प्रमुख र अस्थाइ मुकाममा असहमती जनाउदैँ प्रधानमन्त्री देउवालाई दिल्लीबाट आयो धम्की,केन्द्रिय समितकाे बैठकमै छलफल

प्रदेश प्रमुख र अस्थाइ मुकाममा असहमती जनाउदैँ प्रधानमन्त्री देउवालाई दिल्लीबाट आयो धम्की,केन्द्रिय समितकाे बैठकमै छलफल

  • बिहिबार, माघ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

४ माघ,काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका राजधानी दिल्लीबाट धम्की आएको छ । प्रदेश प्रमुखको नियुक्ती र अस्थायी राजधानबारे गरेको निर्णय सच्चाउन धम्की आएको हो ।

धम्की अरुले नभएर आफ्नै पार्टीका नेता खुमबहादुर खड्काले दिएका हुन् । उपचारको लागि हाल दिल्लीमा रहेका नेता खड्काले प्रदेश पाँचको राजधानी रुपन्देही तोक्ने निर्णय तत्काल सच्याउन प्रधानमन्त्रीलाई धम्की दिएका छन् । निर्णय नसच्चाए पार्टीको अान्तरिक समिकरणमा जे पनि हुन सक्ने खड्‍काले चेतावनी दिएको बताइएको छ ।

स्वकीय सचिव चुडामणी कँडेलका अनुसार नेता खड्काले बुधबार र विहीबार पटक पटक फोन गरेर देउवालाई निर्णय सच्याउन दवाव दिएका हुन् ।

खड्काले पाँच नम्बर प्रदेशको अस्थायी मुकाम बुटवल तोकेको जानकारी पाउने वितिक्कै खड्काले दाङबाट प्रतिनिधित्व गर्ने अन्य पार्टीका नेताहरुलाई फोन गरेर निर्णय सच्चाउन लगाउन दवाव दिन भनेका थिए । उनले आफू चाँडै स्वादेश फिर्ता हुने समेत बताएका छन् ।

आफ्नै पार्टी नेतृत्वको सरकारले गरेको निर्णयबाट दाङका अर्का नेता दीपक गिरीले पनि विहीबार बसेको केन्द्रीय समिति बैठकमा निर्णय सच्चाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ