कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै

कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै

  • बिहिबार, माघ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं ,माघ ४ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा , उम्मेदवार छनौट लगायतका बिषयमा छलफल गर्न नेपाली काग्रेसको केन्द्रिय समिति बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान ११ बजेपछि बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाईनेको मापदण्ड र नामावली लगायत विषयमा पनि छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार उमेदवार छान्न केन्द्रिय कार्यसम्पादन समिति र सम्सदिय समितिलाई अधिकार प्रत्यायोजन गर्ने र निर्वाचनमा ब्यहोरेको पराजयका बिषयमा छलफल गर्ने कार्यसुची रहेको छ ।

आजको बैठकमा पार्टीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ब्याहोरेको हारबारे केन्द्रिय सदस्यहरुले आ आफ्नो धारणा राख्नेछन् ।

प्रवत्ता शर्माले बैठकमा निर्वाचनको पराजयको समिक्षका साथै पार्टीको आगामि रणनिति तय गर्ने बिषयमा सदस्यहरुको सुझाव लिने भएकाले केन्द्रिय समिति बैठक एक सातासम्म चल्ने बताउनु भयो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले चुनावी समिक्षा सहित पार्टीले लिनुपर्ने दिशाबारे लिखित अवधारणा नै प्रस्तुत गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा पार्टी नराम्ररी पराजित भएपछि सभापति देउवाको पछिल्लो समय कडा आलोचना भईरहेको छ । चुनावी नतिजालाई लिएर कांग्रेसभित्र अहिले नेतृत्व परिवर्तनको कुरा समेत उठ्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ