एमाले माओवादीबीचको भागवण्डा मिल्यो !

एमाले माओवादीबीचको भागवण्डा मिल्यो !

  • बुधबार, माघ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, माघ ३ ।
नेकपा एमाले र नेकपा माओवादीले राष्ट्रियसभामा ४३ जना उम्मेदवार उठाउने भएका छन् ।

आज बसेको दुई दलको संयुक्त कार्यदलको बैठकमा एमालेबाट २९ जना र नेकपा माओवादीबाट १४ जना उम्मेद्वार उठाउने सहमति भएको हो ।

राष्ट्रियसभामा ५६ सदस्यका लागि चुनाव हुन लागेको भए पनि एकल संक्रमणीय पद्दतिमा चुनाव हुँदा आफूहरुले ४३ सिट जित्ने भएकाले जित्ने जति मात्र उम्मेदवार उठाउन लागेको कार्यदलका सदस्य तथा एमाले नेता सुवास नेम्बाङले जानकारी दिनुभएको छ ।

यसलाई एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहेको पार्टी समन्वय समितिमा पेश गरिने जनाईएको छ ।

महिला, आदिवासी जनजाति, मधेसी, पिछडिएको क्षेत्र सबैको प्रतिनिधित्व हुने गरेर हरेक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभा सदस्य चुनिने छन् ।

राष्ट्रियसभा चुनाव माघ २४ गते हुने छ । नगरपालिकाका मेयर, उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले गर्ने मतदानबाट राष्ट्रियसभा सदस्य चुनिने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ