निर्वाचन प्रभावित पार्ने खेलमा सरकार र निर्वाचन आयोग लागेको आरोप

निर्वाचन प्रभावित पार्ने खेलमा सरकार र निर्वाचन आयोग लागेको आरोप

  • बुधबार, माघ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, ३ माघ ।
नेकपा एमालेले सरकार र निर्वाचन आयोग राष्ट्रिय सभा निर्वाचन प्रभावित पार्ने खेलमा लागेको आरोप लगाएको छ ।

राजधानीको धुम्वाराहीस्थित पार्टी कार्यालयमा आज बसेको एमाले स्थायी समिति बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलाई गरेर सरकार राष्ट्रियसभा निर्वाचन कार्यतालीका प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको हो ।

राष्ट्रियसभाको निर्वाचन गर्न ढिलाइ गरिरहेको भन्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार र आयोगसँग माग गरिएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

एमालेले सरकारको गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कामचलाउ हैसियतको सरकारले नयाँ दरबन्दी सिर्जना गर्ने, सरुवा बढुवा गर्ने, राज्यको ढुकुटीबाट रकमान्तर गरी खर्च गर्ने काम रोक्नुपर्नेमा बैठकले जोड दिएको भट्टराईले बताउनुभयो ।

बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार चयन गरी पठाउँदा विशेष ध्यान दिन मातहतका कमिटीलाई निर्देशनसमेत दिएको छ ।

राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिश गर्दा यसअघिका चुनावमा उम्मेदवार नभएका र विभिन्न क्षेत्रमा योगदान पु¥याएका पार्टीका नेता तथा कार्यकर्तालाई छनौट गर्न मातहत कमिटीलाई निर्देशन दिने निर्णय गरेका उहाँले बताउनु भयो ।

प्रदेशबाट सिफारिश मागेका जानकारी दिँदै उहाँले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कतिपय भूगोल, क्षेत्र र समुदाय छुटेकाले राष्ट्रियसभाको निर्वाचनमा त्यस्तो नहोस् भनेर तल्लोतहबाटै विशेष ध्यान दिई सिफारिश गर्न निर्देशन दिएको उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ