सरकारले तोक्यो अस्थायी राजधानी र प्रदेश प्रमुख, आन्दोलन पनि चर्कियो

सरकारले तोक्यो अस्थायी राजधानी र प्रदेश प्रमुख, आन्दोलन पनि चर्कियो

  • बुधबार, माघ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

काठमाडौं, माघ ३ ।
सरकारले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी राजधानी तोकेको हो ।

यस्तै प्रदेश प्रमुखमा प्रदेश नम्बर १ को प्रमुखमा डाक्टर गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइरालालाई सरकारले प्रमुखमा नियुक्त गरेको छ ।

यस्तै प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गा प्रसाद खनाल र ७ मा मोहनराज मल्ललाई नियुक्त गरेको सरकारका प्रवक्ता तथा वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिनुभयो ।

यसैबीच सरकारले प्रदेश प्रमुख र अस्थाई राजधानि तोकेकै दिनदेखि मुलुकका बिभिन्न स्थानमा आन्दोलन चर्किएको छ ।

दाङलाई प्रदेश नं ५ को अस्थायी राजधानी तोक्न माग गर्दै आजदेखि अनिश्चितकालिन जिल्ला बन्दको आह्वान गरिएको छ ।

दाङमा प्रदेश प्रहरी कार्यालय, उच्च अदालत आदि स्थापना भइसकेको पछिल्लो समयमा अन्यत्रै तोकिएको भन्दै स्थानीयवासीले आन्दोलन शुरु गरेका हुन् ।

दाङलाई प्रादेशिक राजधानी नतोकिएसम्म अनिश्चितकालिन बन्दको घोषणा गरिएको दाङ प्रादेशिक राजधानी सरोकार समितिले जनाएको छ ।

आन्दोलनमा जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु, उद्योग बाणिज्य संघ, नागरिक समाज र विभिन्न सामाजिक संघसंस्थाहरुको एकैबद्धता छ ।

दाङको भालुवाङ, लमही, घोराही, नारायणपुर, बिजौरी र तुलसीपुरमा स्थानीय उद्योग बाणिज्य संघको समन्वयमा आजदेखि अनिश्चितकालिन बन्दको घोषणा गरिएको समितिका संयोजक नारायणप्रसाद भुषालले जानकारी दिनुभयो ।

बन्दका कारण जिल्लाभर आज यातायात अबरुद्ध रह्यो भने कलकारखाना तथा शैक्षिक सस्था ठप्प छन् । आज बिहान ८ बजे घोराहीमा विशाल जनप्रदर्शनको आयोजना पनि गरिएको थियो ।

यस्तै सात नम्बर प्रदेशको राजधानीको माग गर्दै डोटीको दिपायलमा पनि आजबाट पुनः आन्दोलन सुरु भएको छ ।

उता , प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासी पनि आज आन्दोलनमा उत्रिएका छन् ।

धनकुटावासीले आज आकस्मिक बन्द आह्वान गरेसंगै त्यहाको जनजीवन प्रभावित बन्यो । बन्दका कारण मुलघाट, भेडेटार, हिले, सिधुवा, लेगुवा लगायतका स्थानमा कयौं सवारी साधन रोकिदा यात्रु अलपत्र परका छन् ।

धनकुटा बजारको जिरो प्वाइन्ट, आत्मारा ढाँट लगायतका स्थानमा सडकमा उत्रिएर यातायात अवरुद्ध पार्दै प्रदर्शन गरेका छन् ।

बन्द अवज्ञा गरेको भन्दै धनकुटाको आत्मारा ढाटमा आज बिहान बन्दकर्ताले एउटा मोटरसाइकलमा तोडफोड गरेका छन् । संखुवासभाबाट धरानतर्फ जादै गरेको को.२६ प ५६११ नम्बरको पल्सर मोटरसाइकलमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
विगत पाँच सातादेखि जिल्लामा दिनहु जसो प्रदर्शन जारी रहेको छ । स्थानीयबासीले क्षेत्रीय प्रशासन कार्यालय घेराउ, धर्ना लगायतका कार्य गर्दै आइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ