विप्लवसँग एकता गर्न वार्ता समिति बनाउने वैद्य नेतृत्वको माओवादीको निर्णय

विप्लवसँग एकता गर्न वार्ता समिति बनाउने वैद्य नेतृत्वको माओवादीको निर्णय

  • बुधबार, माघ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, माघ ३ ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले नेपाल कम्युनिष्ट पार्टीसँग एकताका लागि वार्ता समिति बनाउने भएको छ ।

आज बसेको स्थायी समितिको बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसहितका विभिन्न कम्युनिष्ट पार्टी तथा अन्य समूहसँग एकताको लागि वार्ता समिति बनाउने निर्णय गरेको हो ।

देशमा गणतन्त्र आए पनि नागरिकले आधारभूत सेवा सुविधासमेत नपाएर मर्नुपरेको भन्दै सबै क्रान्तिकारी शक्ति मिलेर नयाँ क्रान्ति गर्नुपर्ने निष्कर्ष पनि क्रान्तिकारी माओवादीले निकालेको छ ।

यस्तै भारतले विभिन्न ठाउँका सीमा स्तम्भ गायव बनाएको र केही ठाउँमा सीमा मिचेर नेपालीका घरलाई भारतीय भूमिमा पारेको भन्दै त्यसलाई रोक्न सरकारले तत्काल आवश्यक कदम चाल्नु पर्ने बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ