३ माघ,काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीले देशमा फेरि हतियार हाबी हुन सक्ने बताएका छन् । उनले देश विधिअनुसार चल्न नसके हतियार हाबी बताउँदै सबै सचेत हुनुपर्ने बताए ।
मंगलबार काठमाडौँ भएको एक कार्यक्रममा बोल्दै नेता भण्डारीले भने, ‘विधिले चल्न सकेन भने हतियार हाबी हुन्छ, यतातर्फ सबैको ध्यान जाओस् ।’ तर, उनले कसले हतियार उठाउन हो भन्नेबारे केही बताएन । भण्डारीले नेपालको राजनीति भनेको नेताले आफ्नो दुनो सोझ्याउने काम भएको दाबी गर्दै राजनीति जनताप्रति उत्तरदायी हुनुपर्नेमा समेत जोड दिए ।
नेता भण्डारीले नेकपा एमाले र माओवादी केन्द्रले जित सरकार बनाउन ढिला हुने आफूले चुनावअघि बोलेको पुष्टि भएको बताए । उनले कम्युनिस्टहरुले हचुवाको भरमा र आफूलाई फाइदा हुने हेरेर बोल्ने भएका कारण सरकार निर्माण ढिला भएको बताए ।
नेपाली काँग्रेस राजनीतिको पाठशाला भएको बताउँदै मदन भण्डारीले मदन भण्डारीले राजनीति काँग्रेसबाटै सिकेको बताउँदै प्रचण्डलाई पनि शान्तिप्रक्रियामा ल्याएको दाबी गरे ।
नेता भण्डारीले काँग्रेसमा विधि हराएको बताउँदै विधिमा चल्नुपर्ने धारणा राखे । उनले एउटा चुनाव हेर्दैमा काँग्रेसले आँत्तिनु पर्ने अवस्था नभएको बताए ।
एमाले- माके गठबन्धनको चुनौति सामना गर्न ७५ वर्ष पूरा भएका कांग्रेस नेताहरुलाई विदा गर्नुपर्ने धारणा राखे । उनले नेताहरुलाई मिठो खुवाएर आराम गर्न लगाउनु पर्ने बताए । ‘कांग्रेस भनेको घर हो, घरका बा–आमालाई जसरी वृद्ध भएपछि मिठो-मिठो खुवाएर आराम गर्न लगाईन्छ, त्यसैगरि कांग्रेसका पाका नेताहरुलाई मिठो खुवाएर विदा गर्न चाहन्छौं’ नेता भण्डारीले भने ।