दाङलाई प्रादेशिक राजधानी नतोकेसम्म आन्दोलन नरोक्ने चेतावनी, आजदेखि अनिश्चितकालिन बन्द

दाङलाई प्रादेशिक राजधानी नतोकेसम्म आन्दोलन नरोक्ने चेतावनी, आजदेखि अनिश्चितकालिन बन्द

  • बुधबार, माघ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

दाङ, माघ २ ।
दाङलाई प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै आजदेखि अनिश्चितकालिन जिल्ला बन्दको घोषणा गरिएको छ ।

दाङमा प्रदेश प्रहरी कार्यालय, उच्च अदालत आदि स्थापना भइसकेको पछिल्लो समयमा अन्यत्रै मुकाम तोक्ने तयारी गरिएको भन्दै स्थानीयवासीले आन्दोलन शुरु गरेका हुन् ।

दाङलाई प्रादेशिक राजधानी नतोकिएसम्म अनिश्चितकालिन बन्दको घोषणा गरिएको दाङ प्रादेशिक राजधानी सरोकार समितिले जनाएको छ ।

आन्दोलनमा जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु, उद्योग बाणिज्य संघ, नागरिक समाज र विभिन्न सामाजिक संघसंस्थाहरुको एकैबद्धता छ ।

दाङको भालुवाङ, लमही, घोराही, नारायणपुर, बिजौरी र तुलसीपुरमा स्थानीय उद्योग बाणिज्य संघको समन्वयमा आजदेखि अनिश्चितकालिन बन्दको घोषणा गरिएको समितिका संयोजक नारायणप्रसाद भुषालले जानकारी दिनुभयो ।

बन्दका कारण पुर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ खण्ड पुरै ठप्प छ भने जिल्लाभर सवारी साधन सन्चालनमा आउन सकेको छैन । बिद्यालय तथा कलकारखाना पनि ठप्प छ ।

दाङलाई राजधानी नतोकिएसम्म बन्द नखोलिने बताइएको छ । साथै आज बिहान ८ बजे घोराहीमा विशाल जनप्रदर्शनको आयोजना गरिएको छ ।

सरकारको निर्णयप्रति असहमति जनाउँदै विरोध प्रदर्शनका लागि स्थानीयहरु सडकमा उत्रिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ