मन्त्रीपरिषद बैठक आज बस्दै ,तोकिएला त प्रदेश प्रमुख र अस्थायी मुकाम ?

मन्त्रीपरिषद बैठक आज बस्दै ,तोकिएला त प्रदेश प्रमुख र अस्थायी मुकाम ?

  • बुधबार, माघ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ , ३ माघ ।

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी स्वरुप आज मन्त्रीपरिषदको बैठक बस्दै छ ।
राजनितिक दलबीचको असहमतीका कारण हिजो बोलाईएको बैठक आजका लागी सारिएको हो ।

आज बिहान ९ बजे बस्ने बैठकमा प्रदेश अस्थायी मुकाम तोक्न र प्रदेश प्रमुख नियुक्त गर्ने मुख्य एजेण्डामा छलफल गरि निर्णय लिने कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिनुभयो ।

तीन सातायताको सरकारको कसरत असफल हुँदै आएकाले आजपनि बैठकले उक्त निर्णय गर्नेमा भने आशंका छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बताउँदै आए पनि दलीय सहमति जुट्न सकिरहेको छैन ।

प्रदेश प्रमुख नियुक्ति हुन नसक्दा निर्वाचन आयोगले तयार पारिसकेको प्रदेशसभाको समानुपातिक परिणाम दिन सकेको छैन ।

प्रदेशसभाको परिणाम प्रदेश प्रमुखलाई नबुझाई त्यसले वैधानिकता नपाउने र प्रदेशसभा सदस्यहरू तय नभएसम्म राष्ट्रिय सभाको मतदाता नामावली समेत तयार नहुने भएकाले पनि सरकारलाई दबाब बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ