काठमाडौं, माघ २ ।
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न आज अपरान्ह बस्ने भनिएको मन्त्रिपरिषद बैठक भोलिका लागि सरेको छ ।
आज अपरान्ह साढे चार बजे बोलाइएको बैठक भोलि बिहान ९ बजे सम्मका लागि सरेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिनुभयो । प्रदेश अस्थायी मुकाम तोक्न र प्रदेश प्रमुख नियुक्त गर्ने मुख्य एजेण्डाका साथ आजको मन्त्रीपरिषद बैठक बोलाईएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बताउँदै आए पनि दलीय सहमति जुट्न सकिरहेको छैन ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको ४० दिनसम्म पनि प्रदेश प्रमुख र अस्थाई मुकाम तोक्न नसकेको भन्दै सरकारको आलोचना भईरहेका बेला मन्त्रिपरिषदको आज बैठक पुनः सरेको हो ।
प्रदेश प्रमुख नियुक्ती र अस्थायी मुकाम तोक्न विलम्व हुँदा निर्वाचन आयोगले प्रदेश सभातर्फको अन्तिम मत परिणाम सार्वजनिक गर्न सकेको छैन ।