आज प्रदेश प्रमुखको टुंगो लाग्ने , हेर्नुस् कहाँ तोकिदैँछ अस्थायी कार्यालय

आज प्रदेश प्रमुखको टुंगो लाग्ने , हेर्नुस् कहाँ तोकिदैँछ अस्थायी कार्यालय

  • मङ्लबार, माघ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, माघ १० । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशको अस्थायी राजधानी तोक्न र प्रदेश प्रमुख नियुक्तिको सिफारिस गर्न आजै दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रदेश प्रमुख र प्रदेशको अस्थायी कार्यालय तोक्ने सबै तयारी पूरा भएकाले मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले प्रदेश प्रमुख नतोक्दा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन ।प्रदेशको अस्थाई राजधानी तोक्दा आन्दोलन चर्कन सक्ने देखेपछि सरकारले कार्यसञ्चालनका लागि अस्थाई कार्यालय मात्र तोक्न लागेको हो ।

सरकारले उच्च अदालत भएका ठाउँमा अस्थाई कार्यालय तोक्ने छ । सरकारले प्रदेश नं १ को विराटनगर (मोरङ), प्रदेश २ नं को जनकपुर (धनुषा), प्रदेश नं ३ को पाटन (ललितपुर), प्रदेश नं ४ को पोखरा (कास्की), प्रदेश नं ५ को तुलसीपुर (दाङ), प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को दीपालयमा उच्च अदालत राख्ने निर्णय गरेको छ । प्रदेश सभाले राजधानी नतोक्दासम्म अव त्यही अनुसार प्रदेशका अस्थाई केन्द्र रहने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ