केपी ओली र मैले पछि नर्फकने संकल्प गरेका छौंः प्रचण्ड

केपी ओली र मैले पछि नर्फकने संकल्प गरेका छौंः प्रचण्ड

  • सोमवार, माघ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

१ माघ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच एकता भएरै छाड्ने दोहोर्याउनु भएको छ ।

कम्युनिष्टहरुको केन्द्र बनाउने प्रस्तावलाई जनताले अनुमोदन गरेको भन्दै उहाँले अब कार्यान्वयन गर्ने जिम्मा नेतृत्वको भएको बताउनु भयो ।

काठमाण्डौमा आयोजित कार्यक्रममा प्रचण्डले जनतासामू गरिएको संकल्प अनुसार बलियो कम्युनिष्ट केन्द्र बनाउनु पर्ने भन्दै एकताबाट पछि नहट्ने बताउनु भयो ।

राजनितिक क्रान्ति सकिएकाले अब विकास निर्माणको युग सुरु गर्नु पर्ने पनि उहाँले बताउनु भयो ।

कसैले सड्यन्त्र गर्दैमा एकता नतोडिने भन्दै उहाँले एमाले अध्यक्ष ओली र आफुले एकताबाट कुनै पनि मूल्यमा पछि नर्फकने र जनताको आकांक्षा अनुसार अघि बढ्ने संकल्प गरेको बताउनु भयो ।

प्रचण्डले ७० वर्षपछि स्थायी सरकार बन्न लागेको भन्दै नयाँ सरकार बनेसँगै विकासले गति लिने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ