काठमाडौ, १ माघ ।
निर्वाचन आयोगले राष्ट्रियसभा चुनावको उम्मेदवारी दर्ताका लागि पार्टीको आधिकारिक व्यक्तिको नाम र हस्ताक्षरको नमूना पेश गर्न राजनितिक दललाई आग्रह गरेको छ ।
आयोगले आज सूचना प्रकाशित गरेर तीन दिनभित्र राष्ट्रियसभा चुनावको उम्मेदवार सिफारिसका लागि नमूना हस्ताक्षर बुझाउन दलहरुलाई आग्रह गरेको हो ।
राष्ट्रियसभा चुनावमा भाग लिन २१ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । नमूना हस्ताक्षर बुझाउँदा दलको केन्द्रिय समिति वा सो सरहको निकायको औपचारिक निर्णय हुनुपर्नेछ ।
त्यस्तै दलहरुले प्रदेशअनुसार फरक फरक व्यक्तिलाई उम्मेदवार सिफारिसका लागि चयन गर्न सक्नेछन । माघ २४ गते सातवटै प्रदेशमा हुने चुनावका लागि १० गते मनोनयनको मिति तोकिएको छ ।
राष्ट्रियसभा चुनावका लागि आयोगले गर्नुपर्ने अरु तयारी पनि अघि बढाइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline