प्रदेससभा र राष्ट्रियसभामा एमाले र माओवादीबीच यसरी हुने भयो भागबण्डा !

प्रदेससभा र राष्ट्रियसभामा एमाले र माओवादीबीच यसरी हुने भयो भागबण्डा !

  • सोमवार, माघ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, १ माघ । नेकपा माओवादी केन्द्रले  कार्यदलमा प्रदेससभा र राष्ट्रियसभामा पद बाडफाँड गर्ने विधि प्रस्ताव गरेको छ । उसले प्रदेशसभामा एमालेले मुख्य मन्त्री पाएको ठाँउमा माओवादीको सभामुख र माओवादीले मुख्यमन्त्री पाएको ठाउँमा एमालेको सभामुख पाउनुपर्ने प्रस्ताव गरेको हो ।

माअाेवादीकाे प्रस्तावमा प्रदेश नं १र ३मा एमालेकाे बहुमत भएकाले एमालेलार्इ मुख्यमन्त्री दिएर अाफुले सभामुख लिने प्रस्ताव गरेकाे छ भने बाँकी ४ प्रदेश मध्यबाट २ वटामा अाफ्नाे तर्फबाट मुख्यमन्त्री पाउनुपर्ने प्रस्ताव गरेकाे छ ।

राष्ट्रिय सभा र प्रदेश सरकार गठनको गृहकार्यका लागि गठित कार्यदलले सिट बाँडफाँड र उम्मेदवार छनौटका विषयमा आइतबार छलफल गरेको हो ।

अाइतबार सिंहदरबारस्थित साविकको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले मुख्यतः सबै प्रदेशकाे वाम गठबन्धनलार्इ प्राप्त मत संख्याकाे अवस्था र अपनाउनु पर्ने अागामी सम्भावित रणानीतिका बारे छलफल केन्द्रित रहेकाे छलफलमा सहभागी एक नेताले समाचार दैनिकलार्इ बताए । माघ ३गते प्रतिनिधिसभाकाे बारे सम्पूर्ण बिषयमा टुंगाे लगाउने कार्यदलमा सहमति भएकाे छ । कार्यदलमा प्रतिनिधिसभामा हाेस् वा प्रदेशसभामा पदयी बाँडफाँड पनि ६०/४०काे प्रतिशतकाे अाधारमा हुने माैखिक सहमति भएकाे छ ।

प्रदेश नं २काे हकमा भने मधेशी दलकाे बहुमत भएका कारण काे संग तालमेल गर्ने वा कसरी जाने भन्ने विषयमा भने कार्यदलले थप गृहकार्य गरी निष्कर्षमा पुग्ने बताइएकाे छ । बैठकपछि एमाले नेता सुबासचन्द्र नेम्वाङले छलफलमा दुई पार्टीका तर्फका आ–आफ्ना कुरा राख्ने काम भएको र चाँडै निष्कर्षमा पुग्ने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली माघ २ गते स्वदेश फर्किनुअघि कार्यदल दुवै पार्टीका अध्यक्षसँग थप परामर्श गरेर केहि महत्वपुर्ण विषयलाई टुंगो लगाउने नेम्वाङको भनाई छ । कार्यदललाई राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकार, मुख्य मन्त्री र सभामुखमा साझा उम्मेदवार हुने गरी दुई दलबीच सिट बाँडफाँडको टुंगो लगाउने जिम्मेवारी दिईएको थियाे । कार्यदलमा एमालेबाट नेम्वाङ, शंकर पोख्रेल र सुरेन्द्र पाण्डे तथा माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन अनन्त र मातृका यादव छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ