काठमाडौं ,पुस ३० ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुने उम्मेदवारहरुले चुनाव प्रचारमा अधिकतम ३ लाख ५० हजार खर्च गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगको आज बसेको बैठकले उम्मेदवारहरुको अधिकतम खर्चको सीमा तोकेको हो । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुँदैछ ।
बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘अल्पसंख्यक समुदाय’ तोकी अविलम्ब नेपाल राजपत्रमा सूचना प्रकाशन गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
यस्तै, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमुना आगामी माघ ३ गते भित्र आयोगमा पठाउन राजनीतिक दलहरुलाई सूचित गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline