पार्टी एकतापछि ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष :  शाही

पार्टी एकतापछि ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष :  शाही

  • आइतवार, पुस ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

भक्तपुर, ३० पुस । पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका युवा नेता महेन्द्रबहादुर शाहीले बामगठबन्धन तोड्न देशी बिदेशी शक्तिको चलखेल बढेको बताउनु भएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजीत कार्यक्रममा बोल्दै शाहीले बामगठबन्धन र लोकतान्त्रीक गठबन्धनलाई टुक्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशी बिदेशी शक्ति लागेको बताउँदै बामगठबन्धनको एकता तोड्ने चलखेल जारी रहेता पनि त्यसले पूर्णता नपाउने बताउनु भयो ।

पाँच बर्षसम्म बामगठबन्धनबाट एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने बताउँदै अब बन्ने बामगठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने त्यो कार्यकाल पाँच बर्ष हुनेमा कसैलाई शंका नगर्न उहाँले आग्रह गर्नु भयो ।

उहाँले वर्तमान देउवा सरकारले जाँदा जाँदै गरेको राम्रा कामको निरन्तरता दिने तर गलत निर्णय नयाँ बन्ने बामगठबन्धनको सरकारलाई मान्य नहुने बताउनु भयो । अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर जसरी निर्णय गरेको छ यो कामचलाउ सरकारले त्यो सरासर संबिधान बिपरित गएर काम गरिरहेको उहाँले बताउनु भयो ।

निर्वाचन आयोगले समेत नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय भएको भन्दै उहाँले निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संबिधानको समेत उल्लंघन गर्ने काम गरेको उहाँको टिप्पणी छ ।

उहाँले प्रदेश नं ६ को समग्र विकासका लागी आम राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश राजधानीका बिषयमा ६ नम्बर प्रदेशमा कुनै बिबाद नरहेको समते दाबी गर्नु भयो । छ नम्बर प्रदशेका लागि आफू मुख्य मन्त्रीका लागि योग्य रहेको र जिम्मेवारी बहनको अवसर दिए कुशलतापूर्वक निर्वाह गर्ने समेत बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ