नवराज सिलवाल र केपी ओलीबीच भेट !

नवराज सिलवाल र केपी ओलीबीच भेट !

  • आइतवार, पुस ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

३० पुस,काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वडिआईजी नवराज सिलवालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
प्रहरीले पक्राउ पुर्जी काट्ने तयारी गरेसँगै सिलवालले नेपाल छोडेका थिए । आफू मलेसियामा आयोजित कार्यक्रममा सहभागी हुन आएको तर फरार नभएको दाबी गरेको सिलवाल अहिलेसम्म नेपाल फर्केका छैनन् । यसअघि उनी अमेरिका पुगेको बताइएको थियो । उनीसँग अमेरिकाको मल्टिपल भिषा छ ।

उपचारको क्रममा बैंककमा रहेका ओलीसँग सिलवालले भेटेको स्रोतहरुको दाबी छ । भेटमा नेपाल फर्किने वा नफर्किने भन्नेमा छलफल भएको बताइएको छ ।

स्रोतका अनुसार नयाँ सरका गठन नबन्दासम्म सिलवाल नफर्किने भएका छन् ।

सरकारी किर्ते मुद्दामा प्रहरीले सिलवाललाई खोजि गरिरहेको छ । नेपाल फर्किने वितिक्कै प्रहरीले पक्राउ गर्ने र आरोप पुष्टि भएर सांसद पद नै गुम्न सक्ने खतरा छ । फाेटाे ,गुगल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ